उद्योगमा विद्युत् आपूर्ति नियमित गर्न माग
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा टं«क लाइनको महसुल नतिरहेको भन्दै ठूला उद्योगहरूको बिजुली काट्न थालेपछि त्यसको प्रतिकुल प्रभाव निर्माण उद्योगमा पनि परेको महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले एक विज्ञप्ति जारी गरी राज्यबाट व्यवसायीले निर्माण कार्य गरेको भुक्तानी नपाएको कारण समग्र निर्माण उद्योग नै समस्याग्रस्त रहेको अवस्थामा यसरी उद्योगहरू समेत बन्द हुँदा निर्माण उद्योग थप मारमा परेको उल्लेख गरेका छन् । उद्यमीहरू नियमानुसार उपभोग गरेको विद्युत्को बाँकी बक्यौता तिर्न तयार हुँदाहुँदै प्राधिकरणले हठात् लाइन काटेबाट राज्य आफ्नो अभिभावकीय दायित्वबाट पछि हटेको हो कि भन्ने महसुस भएको महासंघले जनाएको छ । उच्चस्तरीय समिति बनाएर वार्ताद्वारा नै समस्या समाधान गरी औद्योगिक वातावरण खलबलिन नदिन पनि महासंघले आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया