तालिबान र घानीद्वारा तीन दिनका लागि युद्धविराम घोषणा
इस्लामावाद, जेठ १२
अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिने युद्धविरामको घोषणा गरेका छन् । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन् । आइतबारदेखि लागु हुने गरी शनिबार राति अबेर दुवै पक्षले युद्धविराम घोषणा गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड रमजानको समापनको समय आएकाले मुस्लिम बाहुल्यता रहेको अफगानिस्तानमा दुवै पक्षले युद्धविराम घोषणा गरेका हुन् । तालिबान विद्रोहीको तर्फबाट युद्धविराम घोषणा गर्दै जारी गरिएको सूचनामा यस अवधिमा कुनै हिंसात्मक घटना आफ्नो तर्फबाट नहुने दाबी गरिएको छ ।
अफगानिस्तानमा विभिन्न विद्रोही समूह र सरकारी पक्षका विचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । द्वन्द्वका कारण हजारौंको मृत्यु भइसकेको छ भने त्यो भन्दा धेरै विस्थापित भएका छन् । अफगानिस्तानका दुवै पक्षले युद्धविराम घोषणा गरेकोप्रति संयुक्त राष्ट्रसंघले खुसी व्यक्त गर्दै स्वागत गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यसअघि भएको शान्ति सम्झौतालाई पूर्ण रुपमा पालना गर्न आह्वान पनि गरेका छन् । अहिले घोषित युद्धविरामलाई निरन्तरता दिँदै शान्ति प्रक्रियाबाट अगाडी बढ्नु पर्नेमा उनले जोड दिए । (रासस/एपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया