प्रदेश सरकारद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण
वीरगञ्ज, जेठ १४
कोरोना रोगको परीक्षण तथा उपचारका लागि प्रदेश सरकारले नारायणी अस्पताललाई भीटीएम किटलगायत विभिन्न प्रकारका स्वास्थ्य उपकरण एवं खानानास्ता व्यवस्थापनको लागि २५ लाख रुपैयाँ प्रदान गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन प्रसाद उपाध्यायलाई राहत सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको हो । मुख्यमन्त्री लालबाबु राउत तथा प्रदेश सभासदस्यहरुले कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई उक्त स्वास्थ्य सामग्री एवं चेक हस्तान्तरण गरेका थिए ।
प्रदेश सरकारले नारायणी अस्पताललाई प्रदान गरेको स्वास्थ्य सामग्रीहरु भीटीएम ९ सय ५० थान, मास्क ४ हजार थान, सर्जिकल ग्लब्स १ हजार जोडा, डिजिटल थर्माेमिटर ३० थान, स्यानिटाइजर २५ लिटर, पीपीई३० थान, गमबुट २० थान र जनचेतना मुलक हाते पर्चा ५ सय थान रहेको छ । यसअघि प्रदेश सरकारले नारायण अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराउँदै त्यसको सञ्चालनको लागि ५० लाख रुपैयाँ समेत उपलब्ध गराएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया