काठमाडौं । पुस २१ र २२ मा भारतको गोहाटी आसाममा भएको दोस्रो अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराँते प्रतियोगिता २०२४ मा सम्पन्न खेलमा नेपाल क्योकुसिन वल्ड वेका २१ जना खेलाडीहरूले सहभागिता जनाएका छन् ।
नेपालबाट पुरुषमा गणेशप्रसाद चौधरी, दिनेशमान, होमबहादुर राई, आशीष तामाङ, सुशान्त तामाङ र महिलातर्फ अनिशा तामाङ, सिवानी आलेमगर, दीक्षामध्ये जम्मा आठ जना खेलाडीहरूले स्वर्णपदक लिन सफल भएका छन् ।
त्यस्तै, प्रतियोगिताको रजत पदकमा पुरुषतर्फ सरोज श्रेष्ठ, विवेक नेपाली, पूर्ण गुरुङ र महिलातर्फ निसु तामाङ तथा कास्यपदकमा साक्षी ढकाल र पुरुषतर्फ बाबुकष्ण महर्जन, आसुतोष जसवाल, केशव विक, अञ्जता बुढाथोकी, साजन नेपाली, विवेक बर्देवाले कडा प्रतिस्पर्धा गरी पदकहरू जितेका छन् ।
कराँते खेलबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिन सफल हुँदै आएको नेपाल क्योकुसिन वल्ड वेका ब्रान्चचिफ गणेशप्रसाद चौधरीले बताए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
- चट्याङ लागेर एकजनाको मृत्यु
- लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्वसभामुख सापकोटा
- सीआईबीद्वारा ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
- सबैलाई सम्मान गर्ने हाम्रो आफ्नै परम्परा छ : सभापति देउवा
- वर्लिनमा राष्ट्रपतिको सम्मानमा स्वागत समारोह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया