साहुहरुद्वारा तमसुक दर्ता नगरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका-२ को वडा कार्यालयमा वडाध्यक्षले कपाली तमसुक दर्ता नगरिदिएको भन्दै तालाबन्दी गरेका छन् ।
हिजोआज साहु र ऋणीबीचको तमसुक वडा कार्यालयबाट प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भएपछि मधेशका धेरै जिल्लाका वडा कार्यालयमा भिड बढेको छ ।
वडाध्यक्ष दरेश यादवले आफ्नो भाइ भएका कारण कपाली तमसुक दर्ता गर्न नमानेको र लिएको ऋण फिर्ता गर्न नखोजेको भन्दै साहुहरुले तालबान्दी गरेका हुन् । स्थानीय २३ जना साहुबाट महोत्तरीको औरही नगरपालिका २ बस्ने जग्दीश यादवले ऋण लिएका छन् ।
उनीहरुले औरहीमा जलेश्वर बर्दिबास सडक खण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका हुन् । साहुहरुले मंगलबार नगरपालिका कार्यालयमा समेत कपाली तमसुक दर्ता गरी पाउँ भन्दै निवेदन दिएका थिए ।
क्याटेगोरी : समाचार, मधेश प्रदेश
ताजा अपडेट
- जथाभावी नार्कोटिक औषधि बिक्री गर्ने उज्वल फर्मालाई उन्मुक्ति
- समसामयिक राजनीतिक व्यङ्ग्य
- छ वर्षमै सुनको मूल्य ८० हजार रुपैयाँ बढ्यो
- कांग्रेसी भएपनि माओवादीको सेवा गरेका कारण कारबाहीबाट जोगिए सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठ
- कोशी, लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने
- सङ्घीय संसद् अधिवेशन आजदेखि
- बालमन्दिर जग्गा प्रकरण : सिकिस्त बिरामी रिता सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया