जापानले गुमायो विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत
टोकियो । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकको हैसियत गुमाएको छ । जापानलाई जर्मनीले उछिनेको छ । सन् २०२३ मा जापानको अर्थतन्त्रको आकार ४२ खर्ब डलर कायम भएको छ भने जर्मनीको ४४ खर्ब डलर पुगेको छ ।
सन् २०२३ मा कमजोर घरेलु मागका कारण अर्थतन्त्र संकुचित भएपछि जापानको अर्थतन्त्रमा अप्रत्यासित मन्दी देखिएको हो । बिहीबार सार्वजनिक भएको सरकारी तथ्यांकअनुसार जापानको अर्थतन्त्रमा गतवर्ष तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातार संकुचन देखापरेको छ । कमजोर खर्चका कारण अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र शून्य दशमलव चार प्रतिशतको दरले खुम्चिएको तथ्यांकले देखाएको छ ।
जापानमा उत्पादित वस्तु तथा सेवाको कुल मूल्य वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा शून्य दशमलव एक प्रतिशतले घटेको सरकारको प्रारम्भिक तथ्यांकले देखाएको छ । क्याबिनेट कार्यालयका अनुसार दोस्रो त्रैमासिकको तुलनामा सन् २०२३ को तेस्रो त्रैमासिकमा शून्य दशमलव आठ प्रतिशतले कमी आएको छ ।
जापानको कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग अक्टोबर–डिसेम्बर अवधिमा शून्य दशमलव प्रतिशतले घटेको छ, जुन लगातार नौ महिनाको गिरावट हो ।
व्यावसायिक लगानी पनि शून्य दशमलव एक प्रतिशतले खुम्चिएको छ । कुल गार्हस्थ्य उत्पादनमा नकारात्मक प्रभाव पार्ने आयात एक दशमलव सात प्रतिशतले बढेको छ भने निर्यात दुई दशमलव छ प्रतिशतले बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
- चट्याङ लागेर एकजनाको मृत्यु
- लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्वसभामुख सापकोटा
- सीआईबीद्वारा ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
- सबैलाई सम्मान गर्ने हाम्रो आफ्नै परम्परा छ : सभापति देउवा
- वर्लिनमा राष्ट्रपतिको सम्मानमा स्वागत समारोह
- आइडा–२१ बैठकको अध्यक्षता गर्न विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया