सात करोड ठगी अभियोगमा कास्की प्रहरीद्वारा तीनजना पक्राउ
लेखनाथ । कास्की प्रहरीले करिब सात करोड ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारीको तीन जनालाई पक्राउ गरेको छ ।
आइतबार साँझ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले ठगीमा सम्बद्ध थप व्यक्तिहरुविरुद्ध सोमबार पक्राउ पुर्जी जारी हुने र कारवाही अघि बढ्ने जानकारी दिए ।
१५ दिनअघिबाटै सम्पर्क निगरानीमा रहे पनि सहकारीका सचिव गङ्गाधर सुवेदी भने फरार भएको उनले बताए । सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल पक्राउ परेका हुन् ।
बचतकर्ताहरुले सहकारीको रकम हिनामिना भएपछि छानबिन माग गर्दै सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिए पछि सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झण्डै सात करोड रुपियाँ हिनामिना गरेको पुष्टि भएको छ ।
सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर अरुको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको औँल्याएको छ । सहकारीको नाममा रहेको तीन रोपनी जग्गा किर्ते गरी बेचेर रकम हिनामिना गरेको उनीहरुमाथि आरोप छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- सगरमाथा आरोहणको यो सिजन ‘लगभग सकियो’, कस्तो रह्यो ?
- स्वस्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना
- गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
- शिवशिखरका संचालक केदारनाथलाई ३३ अर्बको सम्पत्ति शुद्धीकरण
- नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक डिल्लीराम अधिकारीले डलरमा घुस लिएको तथ्य फेला !
- कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
- मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासङ्घद्वारा ध्यानाकर्षण
- कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया