सुरक्षाकर्मीद्वारा ढुकुरपोखरीमा हिमपहिरो पन्छाउन थालियो
मनाङ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने भएकोले ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिएका छन् ।
हिमपहिरो गएको स्थानसम्म पुग्न समय लाग्ने र सवारीसाधन पनि जान नसक्ने अवस्था भएकाले अहिले एक्साभेटर र सुरक्षाकर्मीसहितको टोलीले हिउँ फाल्ने काम गरिरहेको उनले बताए । आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो गएको हो ।
प्रजिअ लामिछानेले भने, “ मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । आज बेलुकीसम्म बाटो खुलाउने प्रयासमा छौँ ।” माथिल्लो मनाङ क्षेत्र आवतजावतमा जोखिम हुँदा यात्रा नगर्न सुझाव दिइएको उनले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ताजा अपडेट
- मेलम्चीको पानी वर्षायाममा काठमाडौंमा नआउने
- राष्ट्रपतिद्वारा शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न आग्रह
- सदरमुकाममा नै छैन पक्की पुल
- सभामुखद्वारा सम्पूर्ण नेपालीमा उँभौलीकोे शुभकामना
- मृत अवस्थामा दुर्लभ पाटे बाघ
- धुमधामका साथ उँभौली मनाउँदै किरात समुदाय
- भ्रमपूर्ण विज्ञापन प्रकाशन र प्रसारण नगर्न अपिल
- ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया