Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायत र ईयुबीच ब्रेक्जिटबारे चौथो चरणको वार्ता सुरु

बेलायत र ईयुबीच ब्रेक्जिटबारे चौथो चरणको वार्ता सुरु


ब्रसेल्स, जेठ २१
बेलायत र युरोपेली संघ (ईयू)ले मंगलबारदेखि बेलायतको ईयूबाट बहिर्गमनका विषयमा चौथो चरणको वार्ता सुरू गरेका छन् । लण्डन र ब्रसेल्सका वार्ताकारहरूले भिडियोमार्फत गरिने उक्त वार्तालाई यस हप्ता गहन पार्ने बताइएको छ । गत मे र अप्रिलमा भएको तेस्रो चरणको वार्ताले कुनै तार्किक निष्कर्षमा पुग्नसकेको थिएन । वार्ता निष्कर्षमा नपुग्नुलाई लण्डन र ब्रसेल्स दुवै पक्षले एक आपसमा दोषारोपण गरेका थिए ।

बेलायती टापुको तटमा माछा मार्ने अधिकारको भविष्यमाथि दुवै पक्षका सयौँ वार्ताकारहरू सहभागी भई आफ्ना धारणा राख्ने विषय नै यस चरणको वार्ताको प्रमुख विषय हुने युरोपेली सञ्चारमाध्यमहरूले जनाएका छन् । चौथो चरणको यो वार्तामा माछा मार्न पाउने अधिकारबारे हुने चार अलग–अलग सत्रमा छलफल हुनेछ भने शुक्रबार छलफलको समीक्षा गर्दै समाप्त हुनेछ ।

लण्डनबाट प्रकाशित हुने द गार्जियन पत्रिकाले आफ्नो मंगलबारको अंकमा उक्त टापूमा माछा मार्ने बिषयले बेलायतको अर्थतन्त्रको ०.१२ प्रतिशत योगदान गर्ने भन्दै यो बिषय ब्रेक्जिट छलफलमा पेचिलो विषय बन्नसक्ने बताएको छ । बेलायतले सन् २०२० को जनवरी ३१ मा ईयूको सदस्यता अन्त्य गरेको थियो । यद्यपि ब्रसेल्सको नियम अनुसार डिसेम्बर ३१ सम्म संक्रमणकालीन नियमहरूको पालना गरिरहनेछ ।

बेलायती प्रधानमनत्री बोरिस जोनसनले बेलायतले यो वर्षको अन्त्यपछि संक्रमणकालको अवधिलाई विस्तार गर्न नचाहेको र विवादित विषयलाई त्यस अगावै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । बेलायती प्रधानमन्त्री जोनसनले ईयू नेताहरूसँगको उच्चस्तरीय बैठक गर्नु पहिले यो वार्ता हुन लागेको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया