आन्ध्र प्रदेशमा होटल रेष्टुरेन्ट र पर्यटन सेवा खुल्ने
भारत, जेठ २५
भारतको आन्ध प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु यही जुन ८ तारिख देखि खुल्ने भएका छन् । आन्धप्रदेशका पर्यटनमन्त्री मुत्तमसेट्टी श्रीनिवास रावले सो कुराको जानकारी शुक्रबार दिएका हुन् । उनले आगामी सोमबारदेखि यहाँका होटल रेष्टुरेन्ट र अरु सेवा सुचारु गर्ने तयारी गरिएको शुक्रबार बिहान जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।
तर ती होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु सञ्चालन गर्दा कोभिड १९ बाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको भने पालना गरिने छ । उनको सरकारले कोभिड १९ को महामारीपछि आगामी दिनमा सञ्चालनमा आउनुपर्ने कार्यालयका लागि कोभिडबाट बच्न सकिने मापदण्डहरु निर्माण गरेको छ ।
उनले लामो समयदेखि बन्द रहेका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरुका साथै अरु व्यवयास पनि खुल्ने तयारी भएको जानकरी दिए । यसकासाथै बजारका अरु प्रसिद्ध मन्दिरहरु पनि खुल्ने तयारी भएको जानकारी दिए । तर विद्यालय विश्वविद्यालयहरु भने अहिले नै नखुल्ने भएका छन् ।
यस प्रदेशका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरुका प्रतिनिधिहरुसँगको अन्तक्र्रियाका क्रममा मन्त्री रावले सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । भारतमा कोरोना भाइरसको प्रकोपका कारण गएको दुई महिना भन्दा पनि लामो समयदेखि यहाँ जारी रहेको लकडाउनका कारण सबै क्षेत्र बन्द रहेको छ । (रासस–सिएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
- चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु
- पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने
- आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया