सलिकोद्वारा चितवनको सौराहामा दुई दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालमा कार्यरत कर्मचारीहरुको पेसागत दक्षता अभिवृद्धिका लागि चैत्र ९ र १० गते ५० जनाभन्दा बढी कर्मचारीहरूको सहभागितामा चितवन जिल्लास्थित सौराहमा दुई दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिलाई मध्यनजर राख्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, क्लस्टर प्रमुख मछिन्द्र बोगटीका साथै केन्द्रीय कार्यालयबाट प्रशिक्षणका लागि जानुभएका प्रशिक्षकहरूले मार्केटिङ, अन्डरराइटिङ, दाबी, मानव संसाधन, ब्रान्डिङ, लेखा र ग्राहक सेवालगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए । उक्त प्रशिक्षण कायर्क्रमबाट कर्मचारीहरूमा नवीन ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । मर्जरसँगै कम्पनीले बजार बिस्तारलाई पहिलो प्राथमिकता दिएको र बजार बिस्तारमा सबैभन्दा ठूलो भूमिका कर्मचारीहरूकै हुने हुँदा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्रै नभई प्रदेशस्तरका कर्मचारीलाई पनि उत्तिकै दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण दिएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवा
- सरकारले जेठ एक गते नीति तथा कार्यक्रम ल्याउने
- भाइरल गायिका अन्जु विश्वकर्माको स्वरमा रहेको ‘यो जिन्दगीको’ गीत सार्वजनिक
- माछापुच्छ्रे बैंक सिम्ले शाखाद्धारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
- महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न
- मौद्रिक नीति र बजेटको तालमेल हुने बजेट ल्याउनु पर्छ : अध्यक्ष ढकाल
- विद्युतीय गाडीको भन्सार बढाएर गरिबलाई निःशुल्क ‘इन्डक्शन’ चुलो बाढौं : अर्थविद गौचन
- विद्यालय शिक्षा र उच्च शिक्षाबीच रहेको ठूलो खाडल अन्त्य गरिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया