ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पोको तयारी पूरा
ललितपुर । मेड इन नेपाल नारासहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा भएको छ । आयोजकले ललितपुरमा पत्रकार सम्मलन गरी तयारी पूरा भएको जानकारी गराएको हो ।
ललितपुरस्थित जावलाखेल फुटबल ग्राउन्डमा चैत २२ गतेदेखि २६ गतेसम्म सो मेला आयोजना हुनेछ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरूमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवासम्बन्धी सामनहरू राखिने बताइएको छ ।
ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्श र जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- राष्ट्रपतिद्वारा तीन विशिष्ठ व्यक्तित्व सम्मानित
- के माग दावी गरिएको छ केदार कार्कीको रिटमा ?
- सरकार र दश दिनदेखि अनसनरत दिपक भण्डारी बीच सहमति
- एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
- हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
- गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव
- कुलमानको पारिवारिक अकूत सम्पतीको समाचार खण्डन गर्न नेपाल विद्युत प्राधिकरणको लेटर प्याड दुरुपयोग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया