काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि–मनसुन सक्रिय भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताए । भोलिसम्म मौसम बदली भइरहन्छ भने आइतबारदेखि मौसममा सुधार हुनेछ ।
महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भएकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- म्यान्मारद्वारा एक वर्षमा पाँच लाख टन हरियो चना निर्यात
- उत्पादनमा त्रुटिभएपछि कोरियाली कम्पनीका आठ हजार गाडी फिर्ता
- ‘सहकारीले संकलित पुँजीलाई उचित परिचालन गर्न सकेनन्’
- बेलायत र क्यानडा पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ
- २७ हजारको ज्यान लिने चुरोट उद्योगीप्रति सरकार सकारात्मक
- ट्राफिक प्रहरीद्वारा ४३ लाख राजस्व संकलन
- बीवाईडीका एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धकको नेपाल भ्रमण
- राष्ट्रिय विपद् व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया