वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व संकलन
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालू आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरका अनुसार चालू आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार सात सय ८२ रुपैयाँ संकलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रुपैयाँ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ ।
वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालू आवमा दुई करोड ९५ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको बताए । ‘गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व संकलनमा सुधार देखिएको छ’, उनले भने । गत आवको नौ महिनामा भने ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० रुपैयाँ राजस्व संकलन भएको थियो । वीरगञ्ज महानगरले गत आवभरिमा भने ५७ करोड एक लाख ७३ हजार दुई सय एक रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसैगरी महानगरले आव २०७८/७९ मा भने ५१ करोड २२ लाख २४ हजार चार सय ९० रुपैयाँ राजस्व संकलन गरेको थियो ।
महानगरले चालू आव २०८०/८१ को लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालूतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार रुपैयाँ र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ छुट्याइएको थियो । महानगरले बजेट तथा नीति कार्यक्रममा चालू आवमा आन्तरिक राजस्वबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार रुपैयाँ स ंकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #Page 8
ताजा अपडेट
- मुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्ब
- ट्रम्प टावरमा फ्ल्याट किन्ने नेपाली नेता को हुन् ?
- सहकारीको सम्पत्ति ब्याङ्कमा धितो, लिलामी गरेर बचत फिर्ता गर्न चुनौती
- हेलिकोप्टर दुर्घटनामा राष्ट्रपतिको मृत्युपछि इरानमा पाँचदिने राष्ट्रिय शोक
- रवि लामिछाने र गगन थापाबीचको आरोप प्रत्यारोपः राजनीतिक दाउपेच कि लोकरिझ्याइँ?
- डीएसपी थापा कतै जवाफदेही हुनुपर्दैन ?
- वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन
- आज दिउँसो देशभर आंशिक बदली हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया