काठमाडौं, जेठ २८
कर्णाली डेभलमेन्ट बैंक खुुद नोक्सानीमा गएको छ । क्षेत्रीयस्तरको विकास बैंकको रूपमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा ३८ लाख ४९ हजार सात सय ५६ रूपैयाँले खुद नोक्सानी बेहोरेको हो । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ६६ लाख ५९ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रूपैयाँ रहेको बैंकले चालू आवको पछिल्लो नौ महिनामा तीन अर्ब ६५ करोड २२ लाख ६६ हजार तीन सय ४९ रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५४ करोड ४० लाख सात हजार ९४ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा चार करोड ३३ लाख १९ हजार तीन सय ४६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा हाल शून्य दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने तीन अर्ब ३७ करोड २७ लाख ११ हजार दुई सय ७५ रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब १५ करोड ९९ लाख ७५ हजार सात सय ७२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ५६ लाख ५९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया