नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै जेसीबी
काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्व बजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ । नेपाली बजारलाई सहयोग गर्ने उद्देश्यले जेसीबी इन्डियाले ट्रयाक गरिएका केही एक्साभेटरहरूको लागि पाँच वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना ल्याएको छ । एमएडब्लू अर्थ मुभर्सले विगत दुई दशक वर्षदेखि नेपालमा जेसीबीका निर्माण उपकरणहरू वितरण गर्दैआएको छ । एमएडब्लूको केन्द्रीय कार्यालय काठमाडौंमा छ भने नेपालभरि ३२ वटा शाखा कार्यालयहरू छन् । साथै, तीनवटा अपरेटर प्रशिक्षण संस्थानहरू छन्, जहाँ युवाहरूलाई जेसीबी मेसिन चलाउन तालिम दिइन्छ । एमएडब्लूले नेपालमा आफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै उद्घाटन गर्न लागेको जनाएको छ ।
जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत दिपक सेट्टीले नेपाल कम्पनीको लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार रहेको बताए । कम्पनीले ग्राहकहरूका लागि यहाँ सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएको जनाएको छ । नेपालमा जेसीबीका १० हजार पाँच सयभन्दा धेरै उपकरणहरू सञ्चालनमा छन् । जसमध्ये व्याक हो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स र टेलिह्यान्डलर्स प्रसिद्ध छन् । यी सम्पूर्ण उपकरणहरूका पार्ट–पूर्जा र सर्भिसमा एमएडब्लू अर्थ मुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत सर्भिस भ्यानहरू परिचालन गरी ग्राहकहरूलाई सेवा सहायता प्रदान गरिन्छ ।
जेसीबीका उपकरणहरूमा जेसीबी लाइभलिंक नामक अत्याधुनिक प्रविधि जडित हुन्छ, जसले मेसिनहरूको सेवा, सञ्चालन र सुरक्षाको बारेमा तत्कालै जानकारी प्रदान गर्छ । शेट्टीले नेपाली बजारको बारेमा बोल्दै थपे, ‘नेपाली बजारमा निर्माण प्रक्रियाका विभिन्न चरणहरूमा रहेका पूर्वाधार परियोजनाले गर्दा आगामी वर्षहरूमा वृद्धिको बलियो अवसर रहेको देखिन्छ र जेसीबी यस प्रक्रियाको हिस्सा बन्न तत्पर छ ।’
एमएडब्लुका प्रिन्सिपल डिलर विष्णु अग्रवालले जेसीबीका उपकरणहरूद्वारा ग्राहकहरूलाई सहायता गर्नेबाहेक कम्पनीले नेपाली युवा जनशक्तिहरूलाई देशमै रोजगारका अवसरहरू प्रदान गरेको बताए । एमएडब्लूले हाल करिब ५०० जनालाई रोजगारी दिएको उनको भनाइ छ । कम्पनीले चालकहरूका लागि तीनवटा विश्वस्तरीय प्रशिक्षण केन्द्रहरूमा पनि लगानी गरेको उनले बताए । यी अपरेटर प्रशिक्षण केन्द्रहरूमा चालकहरूलाई जेसीबीका मेसिनहरू कसरी सुरक्षितरूपमा सञ्चालन गर्ने भनेर सिकाइन्छ । हालसम्म झण्डै पाँच हजार चालकहरूलाई तालिम प्रदान गरिसकेको उनले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया