आगामी आवको लागि बंगलादेशको बजेट ५६ खर्ब ८० अर्ब
ढाका, जेठ ३०
दक्षिण एसियाली देश बंगलादेशले आगामी आर्थिक वर्ष २०२०/०२१ को लागि ५६ खर्ब ८० अर्ब टाका (बंगलादेशी मुद्रा)को बजेट ल्याएको छ । अर्थमन्त्री एएचएम मुस्ताफा कमलले बिहीबार ८.२ प्रतिशत आर्थिक वृद्धिदरको महत्वाकांक्षी लक्ष्यसहित उक्त परिमाणको बजेट बंगलादेश्ी संसदमा पेस गरेका हुन् । विश्व अहिले कोरोना महामारीको चपेटामा रहे पनि अर्को वर्ष ठूलो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट घोषणा गरिएको हो । सार्वजनिक गरिएको बजेट देशको कुल गार्हस्थ्य उत्पादनको १७.९ प्रतिशत भएको बंगलादेशी मिडियाले जनाएका छन् । अर्थमन्त्री कमलले आर्थिक रुपान्तरण र प्रगतिको बाटोको रुपमा बजेट विनियोजन गरिएको बताए ।
आगामी आवको लागि चालू खर्चतर्फ ३६ खर्ब २८ अर्ब टाका र वार्षिक विकास खर्चतर्फ २० खर्ब ५१ अर्ब टाका विनियोजन गरिएको छ । स्वास्थ्य, कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको कमलले बताए । नयाँ आवमा १९ खर्ब टाका बजेट घाटा हुने अनुमान गरेको उनले बताए । जुन जीडीपीको कुल ६ प्रतिशत हो । गत वर्ष ५ प्रतिशत बजेट घाटा भएको बताउँदै उनले बजेटमा कुल घाटामध्ये ८ खर्ब टाका बाह्य स्रोतबाट र बैंकिङ क्षेत्रबाट आन्तरिक स्रोतबाट ८ खर्ब ४९ अर्ब टाका बैंकिङ क्षेत्रबाट र गैरबैंकिङ क्षेत्रबाट २ खर्ब ५० अर्ब पूर्ति गर्ने बताए । त्यस्तै, नयाँ आवको लागि ३७ खर्ब ८० अर्ब टाकाको राजस्व संकलन लक्ष्य राखिएको छ । त्यस्तै ३ खर्ब ३० अर्ब गैरकर राजस्व र बाँकी अन्य कर राजस्व संकलनको लक्ष्य राखिएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया