नयाँ दिल्ली, असार ३
भारतको पूर्वीलद्दाखको गलवान घाटीमा चिनियाँ सेनासँगको झडपमा कम्तीमा २० जना भारतीय सेनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार झडपमा कयौँ भारतीय सेना घाइते र बेपत्ता छन् । एएनआईले सरकारी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार यो संख्या अझै बढ्न सक्नेछ । चिनियाँ सेनातर्फ ४३ जनाको मृत्यु भएको भारतीय मिडियाको दाबी छ । यद्यपि चीनले हताहती वा घाइतेबारे आधिकारिक पुष्टि गरेको छैन । प्रेस ट्रस्ट अफ इन्डियाले सरकारी स्रोतलाई उद्धृत गर्दै १० भारतीय सेनाको मृत्यु भएको जनाएको छ । बेलायतको द टेलिग्राफले १३ जनाको मृत्यु भएको जनाएको छ । गोलाबारीविना नै भएको झडपमा एक्कासि ठूलो संख्यामा भारतीय सेना मारिएका हुन् ।
यसैबीच भारतीय विदेश मन्त्रालयले जुन ६ मा भएको सहमति चीनले तोडेको आरोप लगाएको छ । मंगलबार बिहानै उक्त झडप भएको हो । यसअघि भारतीय सेनाले २ जवान र एक कर्णेलको मृत्यु भएको जनाएको थियो । दुई देशको सीमा रेखामा उक्त झडप भएको हो । चिनियाँ विदेश मन्त्रालयले आफ्नो सीमामा भारतीय सेना आउँदा झडप भएको प्रतिक्रिया दिएको छ । भारतीय सेनाले सीमा कटेर उक्साहट गर्दा घटना हुनपुगेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । विवाद समाधानका लागि हाल दुवै देशका सैन्य तथा सरकारी वरिष्ठ अधिकारीबीच वार्ता भइरहेको पनि जनाइएको छ । सीमा क्षेत्रमा झडपमा सन् १९७५ पछि पहिलोपटक ज्यान जाने गरी झडप भएको हो । ४५ वर्षअघि चिनियाँ एम्बुसमा परेर चार भारतीय सेनाको मृत्यु भएको थियो । द वायरका अनुसार सन् १९६७ मा सिक्किममा भएको झडपमा ८० भारतीय सेना र ४ सय चिनियाँ सेना मारिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया