काठमाडौँ, असार ४
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १५ हजार ५९ मेट्रिक टन र निजी क्षेत्रसँग एक लाख २३ हजार दुई सय ४५ मेट्रिक टन चामल मौज्दात रहेको छ ।
तथ्यांकअनुसार खाद्य कम्पनीसँग रहेको मौज्दात चामलमध्ये दुई हजार नौ सय ५३ मेट्रिक टन दुर्गमका २३ जिल्लामा रहेको छ । यसैगरी निजी क्षेत्रका उद्योगसँग ६० हजार मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । निजी क्षेत्रसँग रहेको ९८ हजार ५४ मेट्रिक टन धानबाट ६३ हजार २ सय ४५ मेट्रिक टन चामल उत्पादन हुने अनुमान गरी निजी क्षेत्रसँग एक लाख २३ हजार दुई सय ४५ मेट्रिक टन चामल मौज्दात रहेको बताइएको छ ।
मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चामलसँगै छ सय ५१ क्वीन्टल फापर, ५ सय क्वीन्टल सिमी, पाँच सय ४३ मेट्रिक टन गहुँ खरिद गरी मौज्दात राखिएको छ भने १३ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात रहेको छ । धान र गहुँ खरिद प्रक्रियामा रहेको जनाइएको छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार सात सय ४८ मेट्रिक टन नुन मौज्दात रहेको र आयात प्रक्रियामा रहेको एक लाख ३६ हजार सात सय ७५ मेट्रिक टन नुन आयात प्रक्रियामा रहेको छ । साल्ट ट्रेडिङसँग दुई हजार एक सय ६८ मेट्रिक टन चिनी र निजी उद्योगसँग ३६ हजार चार सय ६६ गरी ३८ हजार छ सय ३४ मेट्रिक टन चिनी मौज्दात रहेको छ । निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ तथा चना १६ हजार ८१ मेट्रिक टन मौज्दात रहेको छ भने ८३ हजार नौ सय ६७ मेट्रिक टन खानेतेल आयात प्रक्रियामा रहेको जनाइएको छ ।
तेल उद्योगसँग एक सय मेट्रिक टन पामआयल, दुई हजार आठ सय ६८ मेट्रिक टन पामोलिन तेल, एक हजार आठ सय ३० मेट्रिक टन सोयाविन तेल, एक हजार तीन सय ६५ मेट्रिक टन सूर्यमुखी तेल मौज्दात रहेको छ । यसैगरी छ हजार आठ सय ८४ मेट्रिक टन तेल आयातको प्रक्रियामा रहेको छ भने ५३ हजार दुई सय ६४ मेट्रिक टन तेल कोलकातामा मौज्दात छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल आयल निगमको थानकोट डिपोमा ३५ हजार नौ सय २८ किलोलिटर डिजेल, सात हजार ५८ किलोलिटर पेट्रोल र एक हजार तीन सय ६० किलोलिटर मट्टिलेत मौज्दात रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया