१५ अन्तर्राष्ट्रिय उडान ११ सय बढी नेपाली स्वदेश फर्किए
काठमाडौं,असार १२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार ३०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।
विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन् । आज नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २४२ यात्रु र दुई बच्चा र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सका दुई जहाज नेपाली ल्याउन बहराइन उडेको विमानस्थलले जनाएको छ ।
त्यस्तै हिमालय एयरलाइन्सले अबुदाबीबाट १५४ र दोहाबाट १५६ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले विज्ञप्तिमार्फत जनाएको छ । जजीरा एयरलायन्सले कुवेतबाट १४६ यात्रु र एक बच्चा ल्याएको छ । उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन पुनः कुवेत उडेको छ ।कतार एयरवेजले दोहाबाट १४७ यात्रु काठमाडौँ ल्याएको छ । फ्लाइ दुबईले दुबईबाट १८९ यात्रु र एक बच्चा ल्याएको छ ।
सोही एयरलाइन्सको अर्को उडानले जम्मा एक यात्रु काठमाडौँ ल्याएको जनाइएको छ । शुक्रबार पनि अन्तराष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका विमानस्थलले सार्वजनिक गरेको छ । दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर र मेलबर्नमा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया