सुबास बस्नेत
दोलखा, मंसिर २९
हिउँ परेसँगै दोलखामा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । जिल्लाको हिमाली क्षेत्र कालिन्चोक, शैलुङ, खरीढुङ्गा लगायतका उच्च भूभागहरुमा शुक्रबार बिहादेखि नियमित हिमपात भइरहेको छ । जिल्लामा हिउँ परेसँगै हिउँमा रमाउने पर्यटकको चाप पनि एक्कासि बढेको हो । मौसम बदली भएसँगै दोलखाको उच्च हिमाली क्षेत्रमा शुक्रबार हिमपात भएको हो । दोलखाको धार्मिक एवम् पर्यटकीय क्षेत्र कालिञ्चोकसहित उच्च क्षेत्रमा हिमपात भएको हो । कालिञ्चोक क्षेत्रमा बाक्लो हिमपात भएको छ भने जिल्लाको अन्य उच्च भूभाग जिरीको चेर्दुङ, शैलुङ, खरीढुङ्गालगायतका ठाउमा हिमपात भएको स्थानीयले बताएका छन् ।
गत वर्षको तुलनामा यस वर्ष निकै अगाडिदेखि नै हिमपात सुरु भएकोले पर्यटकको संख्यामा पनि वृद्धि हुने अनुमान गरिएको छ । यो वर्षको पहिलो हिमपात भएको दिन शुक्रबार पनि करिब ३० हजार पर्यटक कालिञ्चोक हिउँ खेल्न पुगेको कालिन्चोक होटल व्यवसायी चन्द्र कुमार तामाङले जानकारी दिए । हिमपातका कारण कालिञ्चोक क्षेत्रमा सवारीसाधन सञ्चालनमा कठिन भएको प्रहरीले जनाएको छ । हिमपात सुरु भएसँगै जिल्लाको उच्च भूभाग तथा तथा डाँडाहरु सेताम्य देखिन थालेका छन् ।
काठमाडौंबाट १ सय ३३ किलोमिटर दूरीमा रहेको कालिञ्चोक मन्दिर पुग्न सदरमुकाम चरीकोटबाट १७ किलोमिटर सडक यात्रा पार गर्नुपर्ने हुन्छ । साथै हिउँदे वर्षा भएपछि हिउँदे बाली लगाउने कृषक उत्साहित बनेको छन् । गहुँ, आलु र बेमौसमी तरकारी खेती गर्ने कृषकलाई हिउँदे झरीले थप उत्साही बनाएको स्थानीय कृषकको भनाइ छ । केही दिनयता मौसम बदली भएसँगै चिसो बढेपछि जिल्लाभरको जनजीवन भने थप प्रभावित भएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया