सुबास बस्नेत
दोलखा, असार १५
समयमै मनसुन सुरु भएकाले यस वर्ष दोलखामा धान रोपाइँ अघिल्लो वर्षको तुलनामा चाँडै सुरु गरिएको छ । जिल्लाको बेसीफाँटमा यतिबेला रोपाइँको चटारो छ । गत वर्ष असार १५ सम्म आइपुग्दा पनि खाली देखिने खेत अहिले भने हरियाली देखिएका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा करिब दुई तिहाइ किसानले मुख्य बालीको रूपमा धान खेती गर्दै आएका छन् । जिल्लाको भीमेश्वर नगरपालिका, मेलुङ, तामाकोशी र बैतेश्वर गाउँपालिकामा बढी मात्र धान खेती हुने गरेको छ ।
सधैं असार १५ पछि मात्रै सुरु हुने धान रोपाइँ यो वर्ष जेठ अन्तिम सातादेखि नै सुरु भएको जिल्लाका धान किसान बताउँछन् । समयमै वर्षा भएकाले जिल्लाका अधिकांश क्षेत्रका किसानले रोपाइँ अन्तिम चरणमा पु-याएका छन् । दोलखाको बैतेश्वर गाउँपालिका ३ मिर्गेका किसान केदार बस्नेतले गत वर्ष पानीको समस्याले असार २२ देखि रोपाइँ सुरु गरिएको भए पनि यस वर्ष रोपाइँ गरिसकेको बताए ।
गत साल समयमै मनसुन नहुँदा धानको उत्पादन समेत घटेको उनले सुनाए । यो वर्ष धान खेतीको सिजन चल्नेबित्तिकै मनसुनले साथ दिएकाले उत्पादन वृद्धि हुने आसमा आफू रहेको उनले बताए । हालसम्ममा जिल्लामा करिब ५९ प्रतिशत धान रोपाइँ सकिएको छ । सबैभन्दा बढी धान खेती हुने मेलुङ, तामाकोशी तथा बैतेश्वर गाउँपालिकामा र भीमेश्वर नगरपालिकामा यो वर्ष असार दोस्रो सातासम्म ४९ प्रतिशत रोपाइँ सकिएको स्थानीय तहअन्तर्गतका कृषि शाखाले जनाएका छन् ।
यस वर्ष दोलखाका किसानहरुले असार १५ अर्थात् धान दिवस भने नमनाउने भएका छन् । अघिल्ला वर्षहरुमा दोलखाका विभिन्न गाउँपालिका र स्थानीय किसानले असार १५ विशेष तयारीका साथ मनाउने गर्थे । तर यो वर्ष कोरोना भाइरसले लामो समयदेखि चलेको लकडाउनका कारण जिल्लाका किसानलाई धान दिवस खल्लो भएको छ । अघिल्ला सालमा धान दिवस रोपाइँ महोत्सव तथा विभिन्न किसिमका रमाइलो कार्यक्रम गरेर मनाइने गरिएको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया