दराजमा इ–सेवामार्फत पनि भुक्तानी गर्न मिल्ने
काठमाडौं, असार १७
अनलाइन बजार दराजले अनलाइन भुक्तानी सेवा इ–सेवासँग सहकार्य सुरु गरेको छ । यो साझेदारीसँगै प्रयोगकर्ताहरूले सजिलै दराज एपमा खरिद गरेको कुनै पनि चीजको लागि इ–सेवामार्फत भुक्तानी गर्न सक्नेछन् । यो नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले चेक आउट प्रक्रिया को समय घटाउनेछ, डिजिटल सुरक्षा अझै बलियो बनाउने छ र प्रयोगकर्ताहरुलाई सामाजिक दूरी कायम गर्न पनि सहयोग पुर्याउने छ ।
दराजमा इ–सेवा वालेट प्रयोग गर्न, ग्राहकहरूले पहिले आफ्नो इ–सेवा खातालाई दराज एपसँग लिंक गर्नुपर्नेछ । लिंक भइसकेपछि ग्राहकहरूले ओटीपीमार्फत किनमेल गर्न सक्नेछन् । इ–सेवा वालेटमार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया पनि छिटो हुने छ । ‘इ–सेवा नेपालको एकदमै लोकप्रिय डिजिटल वालेट हो र दराज एपमा इ–सेवा वालेट को स्थापना गरेर हाम्रो प्रयोगकर्ताहरुको लागि अझै धेरै भुक्तानी सुविधा प्रदान गर्न सकेकोमा हामी निकै उत्साहित छौं। हामी दुई कम्पनी बीचको सहकार्यले हाम्रा ग्राहकहरूको लागि अझै सहज शपिङ अनुभवमा दिनसक्ने कुरामा विश्वस्त छौँ’, दराज नेपालका प्रबन्धनिर्देशक लिनो अहलरिङले भने ।
नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजमा चार हजारभन्दा बढी बिक्रेताहरूले किरानादेखि इलेक्ट्रोनिक्स हरेक किसिमका सामानहरू बेच्छन् । दराजले विराटनगर, पोखरा, चितवन जस्ता सबै प्रमुख क्षेत्रहरूसहित नेपालका २४ भन्दा बढी सहरहरूमा वितरण गर्दछ । विभिन्न उत्पादन र राष्ट्रव्यापी डेलिभरीका कारण धेरैले अनलाइन शपिंगका लागि दराज नै रोज्ने कम्पनीको दाबी छ । साथै अब इ–सेवामार्फत पनि भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकहरूलाई महामारीको बेलामा नगद चलाउनुपर्ने अवश्यकता पनि नपर्ने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीलाई राहत
- एक अर्ब रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा
- एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयले ल्याएको तरङ्ग
- १६औँ योजनामा घट्यो कुल लगानीको अनुमानित रकम
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया