प्रविधिको अभावमा बर्सेनि करिब ३ टन आरु खेर जाँदै
महेन्द्र शाही
सोलुखुम्बु, असार १८
सोलुखुम्बुको बागबानी केन्द्र फाप्लुले उत्पादन गरेको करिब ३ टन आरु बोटमै कुहिएर खेर गएको छ । केन्द्रमा बर्सेनि उत्पादन हुने आरु प्रशोधन गर्ने प्रविधि नहुँदा कुहिएर खेर गएको हो । प्रविधिको अभावमा केन्द्रले उत्पादन गर्ने २ देखि ३ टन आरु बर्सेनि खेर जाने गरेको केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले बताए । प्रविधिको अभाव हुन र सिजनमा सबैकोमा आरु हुने भएकाले बागबानीको आरु खेर गइरहेको उनको भनाइ छ ।
बागबानीमा लगाइएको करिब ७० बोट आरुबाट बर्सेनि २÷३ टन आरु उत्पादन हुने भए पनि प्रशोधन गर्ने उपयुक्त प्रविधि नहुँदा यत्तिकै खेर फाल्नुपरेको बागबानी केन्द्रले जनाएको छ । आरु कुहाउनुको विकल्प नरहेको ठाकुरको भनाइ छ । बागबानी अवलोकन गर्न आउनेहरूले केही मात्रामा खरिद गर्ने भए पनि अधिकांश आरु खेर जाने गरेको छ ।
केन्द्रमा घुम्न आउनेहरू पनि मौसमअनुकूल भएको खण्डमा मात्रै बागबानी अवलोकन गर्न आउने भएकाले अरु समयमा बिक्री नहुने उनको भनाइ छ । तर, यसवर्ष निरन्तरको वर्षातका कारण उत्पादन भएका आरु कुहिएर खेर गएको केन्द्रले जनाएको छ । टिप्ने सिजनमा बर्सातका कारण टिप्न नसक्दा त्यतिकै कुहिएर खेर गएको केन्द्रका निमित्त प्रमुख ठाकुरको जानकारी दिए । अहिले बागबानी केन्द्रमा आरु पाकेको छ र त्यो खेर गइरहेको छ । अबको केही दिनपछि आरुबखडा पाक्छ त्यो पनि खेरनै जान्छ ।
विगतका वर्षहरूमा केही मात्रामा बागबानी घुम्न आउने अवलोकनकर्ताहरूले खरिद गरेर लैजाने गरेको भए पनि यस वर्ष बर्सातका कारण बोटमै कुहिएको आरुबाट जाम, वाइन, जुस बनाउन सकिने कृषि विज्ञहरूको भनाइ छ । यी चिजहरू उत्पादन गर्नका लागि आवश्यक पर्ने मेसिन तथा जनशक्तिको व्यवस्थापन गर्न सकेको खण्डमा आरु तथा आरुबखडाबाट आम्दानी हुने र रोजगारी पनि प्राप्त गर्न सकिने थियो । यसतर्फ सम्बन्धित निकायका ध्यान जान जरुरी देखिन्छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया