जुकरबर्ग भन्छन्– विज्ञापनदाता चाँडै फेसबुकमा फर्किनेछन्
अमेरिका, असार १९
सामाजिक सञ्जाल कम्पनी फेसबुकले पछिल्लो समय विज्ञापन सम्झौता तोडेका विज्ञापनदाता चाँडै फेसबुकमा फर्किने दाबी गरेको छ । नश्लीय विभेदसम्बन्धी टीकाटिप्पणी नियन्त्रण नगरेको आरोप लगाउँदै विज्ञापनदाता कम्पनीहरुले एकपछि अर्को गरी फेसबुकबाट विज्ञापन झिक्नथालेपछि फेसबुकका प्रमुख मार्क जुकरबर्गले उक्त प्रतिक्रिया दिएका हुन् ।
बीबीसीका अनुसार जुकरबर्गले अनुमान गर्दै भने, ‘मेरो अनुमानअनुसार यी सबै विज्ञापनदाताहरु चाँडै फेसबुकमै फर्किनेछन् ।’ समानताको नारा लगाउने क्याम्पेनरहरुले घृणा फैलाउने विषयवस्तुहरु नहटाएको, नश्लीय विभेदविरुद्ध कदम नचालेको आरोप लगाउँदै विज्ञापन रोक्ने र यससम्बन्धी भएका सम्झौता समेत तोड्ने घोषणा गरिरहँदा जुकरबर्गले यस्तो बताएका हुन् ।
उनले फेसबुकले लिएको नीति सामान्य आम्दानीका लागि परिवर्तन नगर्ने पनि स्पष्ट पारेका छन् । जुकरबर्गले गत शुक्रबार कर्मचारी बैठकमा यस्तो प्रतिक्रिया दिएको बताइएको छ । यो सूचना एउटा साइटमा लिक भएको बताइएको छ । साथै उनले ‘स्टप हेट फर प्रोफिट’ संगठनकर्तासँग पनि भेटवार्ताको तयारी गरेका छन् । फेसबुकले आफूले लिएको नीति सही भएको पनि ठहर गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया