आशिष बहादुर सिंह
बझाङ, असार २१
कोरोना संक्रमण पुष्टि भएपछि बझाङका एक युवाले आत्महत्या गरेका छन् । खप्तड छान्ना गाउँपालिका ७ का १८ वर्षीय युवकले संक्रमण पुष्टि भएको भोलिपल्टै आत्महत्या गरेका हुन् । गत जेठ १९ गते १६ जनाको समूहमा भारतबाट फर्किएका १८ वर्षीय शेरबहादुर राउत शुक्रबार बिहान क्वारेन्टाइन नजिकैको जंगलको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।
कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि उनी वडा नं ७ मा नै रहेको लामागडा प्राथमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक्लै बसिरहेका थिए । उनीसँगै आएका १६ जनाको गत असार १ गते आरडीटी परीक्षण गर्दा तीन जनाको आरडीटी पोजेटिभ आएको थियो । आरडीटी नेगेटिभ आएकालाई घर पठाएर राउतलगायत तीन जनाको पीसीआर परीक्षण गरिएको थियो ।
बिहीबार आएको पीसीआर परीक्षणको नतिजामा उनको मात्रै पोजेटिभ आएपछि उनी तनावमा रहेको बुझिएको खप्तड छान्ना गाउँपालिका ७ का वडा अध्यक्ष रामबहादुर सिंहले बताए । ‘बिहान ७ बजेसम्म आफन्तसँग कुरा गरेको रहेछ’, खप्तड छान्ना गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष सिंहले भने, ‘संक्रमण भयो, अब बाँच्दैन होला भन्ने खालका निराश कुरा गरेको थियो रे । त्यसैकारण आत्महत्या गरेको हुनसक्छ ।’
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया