वर्षासँगै ग्रामीण सडक जीर्ण, यातायात सञ्चालनमा समस्या
महेन्द्र शाही
सोलुखुम्बु, असार २२
बर्सात लागेसँगै सोलुखुम्बुको ग्रामीण सडकहरु जीर्ण बनेपछि यातयात सञ्चालनमा चुनौती थपिएको छ । जिल्लाका अधिकांश सडक वर्षाका कारण भत्किँदै गएको भए पनि समयमै मर्मत र स्तरउन्नति हुन नसक्दा सवारी आवागमनमा समस्या आएको स्थानीयको गुनासो छ ।
जिल्लाको सदरमुकाम सल्लेरीबाट गाउँ–गाउँ जोड्ने अधिकांश सडकको अवस्था निकै जीर्ण रहेका कारण यात्रु र सवारी साधनले सास्ती खेप्न बाध्य बनेको यातयात व्यवसायी दोर्जी शेर्पाले बताए । ‘सबै सडक हिलाम्मे छन्, गाडी गुडाउन निकै समस्या हुन्छ’, उनले भने । सडक पुनर्निर्माण तथा स्तरोन्नतिमा बर्सेनी करोडौँ खर्च हुँदै आए पनि गुणस्तरीय कार्य हुन नसक्दा बर्सेनी यात्रु तथा चालकले सास्ती खेप्नुपरेको सवारी चालक प्रकाश घतानीको भनाइ छ ।
हिउँदमा मर्मत गरे पनि पानीले सबै सडकलाई बगर बनाउँदा समस्या हुने गरेको उनले सुनाए । साथै मापदण्ड तथा प्राविधिक स्टामेटबिना आफूखुसी सडक मर्मत एवं ट्र्याक ओपन कार्य गरिँदा पनि बर्र्सातमा सडक जीर्ण बन्नेगरेको सर्वसाधरणको गुनासो छ ।
कतिपय सडक स्तरउन्नतिका नाममा न्यून गुणस्तरका कच्चापदार्थको प्रयोगका कारण पिच भएका सडकहरु समेत छोटो समयमै भत्किएको सल्लेरीका निरकुमार नेपालीले गुनासो गरे । जिल्लाको अधिकांश बस्ती ग्रामीण भेगमा पर्ने भएकाले सडक जीर्ण भएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य समेत बढ्ने स्थानीयको चिन्ता छ । सोलुदूधकुण्ड नगर क्षेत्रमा पर्ने सदरमुकाम सल्लेरी बजारसहित तामाखानी, लोदिङ, खोलाघारी, बेनी, टाक्सिन्दुलगायतका क्षेत्रको सडक अत्यन्तै जीर्ण रहेको सवारी चालकहरुले बताएका छन् ।
त्यसैगरी माप्यदूधकोशी क्षेत्रको सडक, लिखुपिके क्षेत्रका सडकहरु समेत सवारी सञ्चालन गर्न चुनौती रहेको यातयात व्यवसायीको भनाइ छ । बर्र्सातका कारण जीर्ण बनेका सडकमा यातयात सञ्चालन गर्नुपर्दा दुर्घटनाको जोखिम समेत उच्च बनेको सवारी चालकहरुले बताउने गरेका छन् । हिमाल तथा पहाडका सडकहरु ट्र्याक ओपन मात्रभन्दा पनि सोलिङ वा ढलान गर्न नसक्ने हो भने यो समस्या वर्षौंसम्म जस्ताको तस्तै रहनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया