काठमाडौं, असार २३
नेपालमा भेन्टिलेटर सर्भिसको सुरुवात भएको छ । सम्पूर्ण विश्व नै कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको अवस्थामा अति आवश्यक पर्ने भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरु सहज र सुलभ माध्यमबाट उपलब्ध गराउने उद्देश्यका साथ भेन्टिलेटर बैंकको सेवा सुचारु गरिएको हो । नेपालमा भेन्टिलेटरलगायत अन्य स्वास्थ उपकरणको अभावले कोरोना भाइरससँगको युद्धमा डटेर लड्न कठिन हुने अवस्था आँकलन गरेर सेवा सुरु गरिएको हो ।
भेन्टिलेटर अभावले हाल सम्पूर्ण स्वास्थ्यजगत्मा निम्त्याएका र भविष्यमा समेत हुनसक्ने जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल विचारविमर्श गरी भेन्टिलेटर बैंकको स्थापना गर्नुपर्छ भन्ने निष्कर्षमा पुगी ‘नेपाल भेन्टिलेटर सर्भिस’ नामक परोपकारी संस्था स्थापना भएको हो । परोपकारी संस्थाको रुपमा स्थापना गरिएको नेपाल भेन्टिलेटर सर्भिसको मुख्य उद्देश्य नेपालमा भेन्टिलेटरलगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैको ज्यान जोखिममा नपरोस् र दूरदराजका अस्पतालहरुसम्म यी उपकरणहरु सुलभ र सहज रुपमा उपलब्ध गराउन सकियोस् भन्ने रहेको छ । यस संस्थाले नेपालका सरकारी, सामुदायिक र निजी अस्पतालहरुमा भेन्टिलेटरलगायतका उपकरणहरु सर्वसुलभ रुपमा उपलब्ध गराउनेछ ।
कोभिड १९ महामारीको अवस्थामा नेपाल सरकारसँगको सहकार्यमा आवश्यक परेका स्थानहरु तथा फिल्ड हस्पिटलहरुमा यस संस्थाका भेन्टिलेटरहरु परिचालन गर्न सकिने गरी संस्थाले समन्वय गर्ने जनाएको छ । यस संस्थाले नेपालका औद्योगिक तथा व्यावसायिक गृहहरु, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न संघ/संस्था लगायतका मनकारी हृदय भएका व्यक्तिहरुलाई संस्थाको उद्देश्य पूरा गर्न हातेमालो गर्न आग्रह गर्ने र कोष खडा गरी सो कोषमा जम्मा भएको रकमलाई भेन्टिलेटर खरिद गर्न, भेन्टिलेटरको मर्मतसम्भार गर्न खर्च गर्नेछ ।
संस्थाको स्थापनापूर्व नै विभिन्न संघ, संस्था र व्यक्तिहरुले भेन्टिलेटरहरुलगायत नगद सहयोग समेत गरेका छन् । हाल यस संस्थासँग कोभिड १९ को लागि अति आवश्यक पर्ने मेकानिकल भेन्टिलेटरहरुसहित, हाइफ्लो न्याजल क्यनुला, बाइप्यापलगायतका ३० वटा उपकरणहरु जम्मा भइसकेका छन् । कोभिड १९ उपचारको लागि संसारभर अति प्रभावकारी देखिएको हाइफ्लो न्याजल क्यनुला नेपालमै पहिलोपटक यस संस्थाले उपलब्ध गराउने भएको छ । कम्पनिले थप उपकरणहरुको खरिद प्रक्रिया पनि सुचारु गरिसकेको जनाएको छ ।
संस्थाले आफ्नो कार्यालय स्थापना गर्नुका साथै आवश्यक अन्य प्रशासनिक कार्यहरु पनि सुरु गरिसकेको छ । यस संस्थाले भविष्यमा तीनै तहका सरकारसँग समन्वय गरी नेपालमा भेन्टिलेटरको सञ्चालन र व्यवस्थापन गर्ने उद्देश्य राखेको छ । कम्पनीले हाल प्रदेश नं ३ मा भेन्टिलेटरलाई केन्द्रीकृत गर्ने र कालान्तरमा नेपालका सातैवटा प्रदेशमा यसको शाखा विस्तार गरी सो प्रदेशलाई आवश्यक भेन्टिलेटर सोही प्रदेशकै शाखाबाट उपलब्ध गराउनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आर्थिक वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने
- निर्यात अनुदानबापत चार अर्ब लिँदै उद्योगी
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- डिजेल र मट्टीतेलको मूल्य घट्यो
- सरकारको नाममा गइसकेको जग्गा हडप्न दुगडसँग सेटिङ
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया