गणेशमान सिंह फाउन्डेसनद्वारा प्रजातन्त्रका सेनानीहरुलाई कदरपत्र प्रदान
काठमाडौं, असार २८
गणेशमान सिंह फाउण्डेसनले प्रजातन्त्र प्राप्तिका लागि जीवनभर समर्पित रहेका ११ जना प्रजातन्त्रका सेनानीहरुलाई कदरपत्र प्रदान गरेको छ । फाउन्डेसनले त्यसरी कदरपत्र प्रदान गरेका व्यक्तिहरुमा माथवरसिंह बस्नेत, शिवगोपाल रिजाल, रेवतीरमण सुवेदी, श्रीपतिदास जोशी, भरत उप्रेती, राजेन्द्र खरेल, गोपालदास बादे श्रेष्ठ, श्यामलाल श्रेष्ठ, अन्जुु बस्याल, प्रदिपमान श्रेष्ठ र सानुु मानन्धर रहेका छन् ।
उनीहरुलाई प्रदान गरिएको कदरपत्रमा भनिएको छ, ‘नेपालमा प्रजातन्त्र स्थापना एवं संवद्र्धनका निम्ति भएका क्रान्ति, संघर्ष, सत्याग्रह र जनआन्दोलनमा सक्रिय सहभागी भई सत्य, निष्ठा, त्याग र लोकहितका निम्ति जीवनभर समर्पित रही आदर्श स्थापित गर्नुुभएकाले गणेशमानसिंह फाउन्डेसन यहाँको उच्च मूल्यांकन गर्दै यो कदरपत्र प्रदान गर्दछ ।’
फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रकाशमान सिंह, महासचिव धनेन्द्र पुरुष ढकाल र कार्यक्रम संयोजक प्रकाशमान सिंहद्वारा हस्ताक्षरित कदरपत्रमा अगाडि भनिएको छ, ‘नेपालको नयाँ पुस्ताले अवश्यमेव प्रेरणा लिनेछन् ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया