काजकस्तान, असार २८
विश्व स्वास्थ्य संगठनले काजकस्तानमा हालै देखिएको भनिएको निमोनियाको प्रकोप पनि कोभिड १९ हुन सक्ने बताएको छ । तर त्यस विषयमा उक्त संगठनका स्वास्थ्य विज्ञहरुले अनुसन्धान थालेका पनि बताएको छ । हालैमात्र काजकस्तानमा अज्ञात निमोनियाजस्तो देखिने रोगको प्रकोप फैलिएको समाचार आएको थियो ।विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइकेल रायनले सो विषयमा शनिबार जानकारी दिएका छन् । उनले मध्य एसियाली देश काजकस्तानमा केही दिन यतादेखि निमोनियाजस्तो देखिने रोगको संक्रमण बढेको भन्ने विषयमा समाचार आएको र त्यस बारेमा अनुसन्धान गर्न यस संगठनका विज्ञहरु पुगेको बताएका हुन् ।
त्यस प्रकोपबाट मात्र पछिल्ला केही दिनयता मात्र त्यस देशमा १ हजार ७०० भन्दा बढी नागरिकको ज्यान गएको समाचार बाहिर आएको थियो । साथै उनले पछिल्लो समयमा त्यस देशमा कोभिड १९ को धेरै ठूलो प्रकोप बढिरहेको देखिएको जानकारी पनि दिए । उनले भने, ‘पछिल्ला दिनहरुमा सो देशमा कोभिड १९ को पनि ठूलो महामारी बढिरहेको छ, गएको हप्तादिनमा मात्र त्यहाँ कम्तीमा पनि १० हजार जनालाई यो महामारीको प्रकोप देखापरेको छ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया