मलेसियाबाट नेपालीलाई उद्धार गरिने पहिलो चरणका उडान कार्यक्रम सम्पन्न
काठमाडौं, असार २९
नेपाली राजदूतावास, क्वालालम्पुरले कोभिड १९ को कारणले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजीकरण गर्न सञ्चालन भएका पहिलो चरणका उडानहरू सम्पन्न भएको जनाएको छ । १८ जुन २०२० मा पहिलो उद्धार उडान क्वालापलम्पुरबाट भएको थियो । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्दो एयरका फिलिपिन्सबाट समेत गरी २१ वटा उडानमार्फत तीन हजार तीन सय २२ जना नागरिकहरू नेपाल फर्किएको दूतावासले जनाएको छ ।
उक्त उडानहरूमार्फत मलेसियाबाहेक इण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट एक सय नौ जना तथा हङकङ, भियतनाम, सिंगापुर, ताइवान र स्पेनमा रहेका नेपालीहरू समेत नेपाल फर्किएका छन् । फिलिपिन्समा अलपत्र परेका एक सय ८ जना नेपाली नागरिकहरूसहित हिमालय एयरलाइन्स आइतबार नेपाल फर्किएको छ ।
क्वालालम्पुरबाट भएका उडानहरूबाट मलेसियाको विभिन्न जेलरडिटेन्सन केन्द्रहरूमा रहेका ६९ जना नेपाली नागरिकहरू समेत नेपाल फर्किएको छन् । यसैगरी यी उडानहरूबाट ३९ वटा शवहरू समेत नेपाल ल्याइएको दूतावासले जनाएको छ । पहिलो चरणको उडानहरूको सहजीकरण गर्ने नेपाल, मलेसिया तथा अन्य मुलुकमा रहेका नेपालीहरूलाई राजदूतावास धन्यवाद समेत दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया