एसबीएल रेमिटको भुक्तानी अब इजीलिङ्क रेमिट्यान्सबाट
काठमाडौं, साउन २
सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबीएल रेमिटले आफ्नो प्रिन्सिपल एजेन्टको रूपमा इजीलिंक रेमिट्यान्सलाई नियुक्त गरी भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ । एसबीएल रेमिटको प्रिन्सिपल एजेन्टको रूपमा नियुक्त भएको उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल र सिद्धार्थ बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले हस्ताक्षर गरेका हुुन् ।
यो सम्झौतासँगै सिद्धार्थ बैंकको रेमिट्यान्स एसबीएल रेमिटमार्फत विश्वका विभिन्न देशहरूबाट पठाएको रकम इजीलिंक रेमिट्यान्सको नेपालभर रहेको छ हजार पाँच सयभन्दा धेरै एजेन्टहरूमार्फत सजिलै भुक्तानी लिन सकिनेछ । सम्झौतापछि इजीलिंक रेमिट्यान्सले एसबीएल रेमिटका सेवाग्राहीहरूले थप सहज तवरले नेपालको जुनसुकै स्थानबाट इजीलिंक रेमिट्यान्सको नेटवर्कमार्फत पैसा निकाल्न सकिने र नेपालीहरूले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु-याउन थप सहज हुने इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले बताए । इजीलिंक रेमिट्यान्सले विगत २२ वर्षदेखि विश्वका विभिन्न मुलुकहरूबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते
- सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य हुँदैन: अध्यक्ष ओली
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया