बैंकिङ कसुरका फरार अभियुक्त सिलवाल पक्राउ
काठमाडौं, साउन ५
बैंकिङ कसुरका फरार अभियुक्त मधुुसुदन सिलवाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरको अभियोगमा लामो समयदेखि फरार रहेका अभियुक्त सिलवाललाई काठमाडौंको बानेश्वरबाट आइतबार साँझ पक्राउ गरेको हो । तत्कालीन समयमा सिद्धार्थ डेभलमेन्ट बैंकका सञ्चालक समेतका रहेका सिलवाल जम्को बैंकिङ कसुरका अभियुक्त किसोर ढकान, तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीसहितका व्यक्तिहरुको व्यावसायिक साझेदार समेत रहेको स्रोतले बताएको छ ।
जम्को प्रकाशनसम्बन्धी मुुद्दामा देवकी बस्ताकोटी ढकाल, कमल ज्ञवालीलगायतका व्यक्तिहरु पक्राउ परेपछि सिलवाल भने लामो समयदेखि फरार रहेका थिए । उनलाई बानेश्वरबाट पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबी स्रोतले बताएको छ । बैंकिङ कसुरमा उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवाना सुनाएको थियो । उनी फैसलापछि फरार रहेकामा आइतबार पक्राउ परेका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया