पाकिस्तानको सरकारी चालू खाता घाटा ७८ प्रतिशतले घट्यो
इस्लामाबाद, साउन ८
पकिस्तानको सरकारी चालू खाता घाटा ७८ प्रतिशतले घटेको छ । पाकिस्तानी मिडियाले बताएअनुसार आर्थिक वर्ष सन् २०१९/०२० को यस्तो घाटा ७८ प्रतिशतले घटेको हो । विशेषगरी आयात शून्यप्रायः हुनु, कीर्तिमानी विप्रेषण आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानी भित्रिँदा यसो भएको हो । पाकिस्तानको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त दरमा सरकारी बचत खाता घाटा घटेर २ अर्ब ९६ करोड अमेरिकी डलरमा झरेको छ । अघिल्लो आवमा यस्तो बचत खाता घाटा १३ अर्ब ४३ करोड अमेरिकी डलर रहेको थियो । त्यस्तै आव सन् २०१८ मा यस्तो बचत खाता घाटा २० अर्ब डलर थियो ।
यसले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा सुधारलाई मद्दत गर्नेछ । सरकारले व्यापारघाटामा कमी तथा आयात घटाउन भन्सारलगायतका करका दर बढाएको थियो । स्टेट बैंक अफ पाकिस्तानको तथ्यांकअनुसार चालू बचत खाता घाटा घटेर कुल गार्हस्थ्य उत्पादनको १.१ प्रतिशतमा सीमित भएको छ । आव २०१९ मा यस्तो दर ४.८ प्रतिशत थियो । उक्त तथ्यांकअनुसार पाकिस्तानको आयात पनि झण्डै साढे नौ अर्ब डलर अर्थात् १८.२ प्रतिशतले घटेर ४२ अर्ब ४१ करोड डलरमा पुगेको छ । आव २०१९ मा पाकिस्तानले ५१ अर्ब ८६ करोड डलरको आयात गरेको थियो । आयात घट्दा सरकारलाई व्यापार घाटामा मद्दत मिलेको छ । यसमा सरकारी चालू बचत खाता घट्दा झनै सहयोग पुगेको छ । योसँगै वस्तु व्यापारमा समेत सन्तुलन देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया