निर्मला हत्या प्रकरण : प्रमाण नष्टका आरोपित एसपी विष्टसहित ८ प्रहरीलाई सफाइ
कञ्चनपुर, साउन १६
निर्मला पन्तको हत्या प्रकरणमा हत्याराको प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठ जना प्रहरीलाई बिहीबार अदालत कञ्चनपुरले सफाइ दिएको छ । कञ्चनपुरमा दुई वर्षअगाडि २०७५ साउन १० गते भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिय निर्मला पन्तको बलात्कार गरेर हत्या गरिएको थियो ।
उक्त घटनको प्रमाण नष्ट गरेको भन्दै पीडित निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टसहित आठ जनाविरुद्धमा अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ प्रमाण नष्ट गरेको र निर्दोषलाई पक्राउ गरी यातना दिएको भन्दै मुद्दा लागेको थियो । सोही मुद्दामा उनीहरू सबैले सफाइ पाएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिएका छन् ।
यसअघि तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का ९/९ लाख, प्रहरी निरीक्षक जगदीश भट्टलाई चार लाख, सई हरिसिंह धामीलाई तीन लाख ५० हजार, अर्का सई रामसिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउद दुई लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया