किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण
महेन्द्र शाही
सोलुखुम्बु, पुस ७
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले नगर क्षेत्रका किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड वितरण गरेको छ । नगरपालिकाले वडा नम्बर ५ मा रहेको जनजागृति आधारभूत विद्यालयका किशोरीहरुलाई प्याड वितरण गरेको हो । नगरपालिकाभित्रका विद्यालयमा कक्षा ८ देखि १० सम्मका किशोरीहरुलाई रजस्वलाको समयमा सहजताका लागि कपडाको प्याड वितरण थालिएको नगरपालिकाले जनाएको छ ।
रजस्वलाको समयमा पनि विद्यालय नछुटोस् भन्नका लागि चालू आर्थिक वर्षमा ७ सय ५० किशोरीलाई प्याड वितरण गरिने नगरपालिकाले जनाएको छ । बजारमा पाइने प्याड प्रयोग गरेपछि फाल्नुपर्ने हुँदा त्यसले प्रदूषण बढाएकाले व्यक्तिगत र सामुदायिक सरसफाइका लागि पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण सुरु गरेको नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताए । यस्ता कार्यक्रम आगामी वर्षमा पनि समावेश गर्ने र कपडाको प्याड स्थानीयस्तरमै प्रयोग गर्नसक्ने गरी तालिमको समेत व्यवस्था मिलाउने मेयर शेर्पाको भनाइ छ ।
तीन वर्षसम्म प्रयोग गर्न मिल्ने कपडाको प्याड स्वास्थ्य र सरसफाइमैत्री रहेकोले पनि प्रयोग गर्नु किशोरीका लागि फलदायी बन्ने उपमेयर कल्पना राईले बताइन् । रजस्वलाको विषयमा किशोरीहरु लाजभन्दा पर बस्न सके र पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगले स्वस्थ बन्न सहयोग मिल्ने उनको भनाइ छ । वितरण कार्यक्रममा प्याड प्रयोग र पुनः प्रयोगका विषयमा सल्लेरी स्वास्थ्यचौकीका नर्सिङ निरीक्षक सोनाम डोल्मा शेर्पाले किशोरीहरुलाई अभिमुखीकरण गराएकी थिइन् । बाँकी विद्यालयमा क्रमशः कपडाको प्याड वितरण र प्रयोगको सम्बन्धमा जानकारी कक्षा समेत लिइने नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया