खाद्य सुरक्षाका लागि विश्व बैंकबाट बंगलादेशलाई २० करोड डलर
ढाका, साउन २१
दक्षिण एसियाली राष्ट्र बंगलादेशले विश्व बैंकबाट खाद्य सुरक्षाका लागि २० करोड २० लाख अमेरिकी डलर प्राप्त गरेको छ । बैंकको कार्यकारी निर्देशकहरुको बोर्डले उक्त रकम स्वीकृत गरेको हो । मोडर्न फुड स्टोरेज फेसिलिटी परियोजनामा उक्त रकम खर्च हुनेछ । उक्त रकमबाट ५ लाख ३५ हजार ५ सय टन खाद्यान्न सञ्चिति हुने र त्यसले ४५ लाख घरपरिवारलाई धान्ने बताइएको छ ।
कोरोना महामारीको चुनौतीपूर्ण समयमा बंगलादेशलाई खाद्य असुरक्षामा सहयोगस्वरुप उक्त परियोजना सञ्चालित छ । यसबाट आठ सार्वजनिक अत्याधुनिक गेडागुडी सञ्चय घर बनाइनेछ । आठ जिल्लामा बनाइने त्यस्ता सञ्चय घरमा धान र गहुँजस्ता खाद्यान्न सञ्चिति गरिनेछ । अहिले असुगञ्ज, माधुपुर र मिनेसिंहमा यस्ता सञ्चय घर निर्माणको चरणमा छन् ।
थप सहयोग रकमले ढाका, नारायणगञ्ज र बरिसालमा धानचामलको लागि र चटगाउँ र माहेश्वरपासामा गहुँको लागि सञ्चय गृह बनाउन मद्दत मिल्नेछ । बंगलादेशमा ८० प्रतिशत मानिस गाउँमा बस्छन् । उनीहरुले प्राकृतिक प्रकोपजन्य समस्या सहनुपर्ने बाध्यता छ । अहिले प्रस्ताव गरिएको मोडर्न फुड स्टोरेज सिस्टममा वितरण प्रणालीलाई पनि ध्यान दिएकोले खाद्य असुरक्षा निराकरणमा बैंकको सहयोगले मद्दत गर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया