धनबहादुर जप्रेल
कञ्चनपुर, साउन २७
कञ्चनपुरको महाकाली अस्पताल स्थापना गरिएको झण्डै छ दशकपछि मात्रै अस्पतालमा शववाहन आएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अस्पताललाई उक्त शववाहन उपलब्ध गराएको हो ।
शववाहन अस्पतालमा पुगेपछि त्यसको सञ्चालनसम्बन्धी छलफल अघि बढेको छ । महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले शववाहनको सञ्चालनका लागि छिट्टै निर्णय गरिने बताए । यस क्षेत्रमा शव बोक्नका लागि साधन नभएको भन्दै स्थानीयहरुले पटक–पटक गुनासो गर्दै आएका थिए । महाकाली अञ्चलका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन २० को दशकमा स्वास्थ्य संस्थाका रुपमा अस्पताल सञ्चालन गरिएको थियो ।
२०४० पछि महाकाली अस्पतालका रुपमा सेवा दिनथालेको हो । अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष भएपछि जोशीले अस्पताल सुधारलाई मुख्य मुद्दा बनाएर अघि बढेका छन् । अस्पतालमा शववाहन, भेन्टिलेटर जडान, चिकित्सक दरबन्दी पूर्तिलगायतका कार्यमा अध्यक्ष जोशी सफल भएका छन् ।
‘शववाहनको निकै खाँचो थियो, यसका लागि अथक प्रयास गरियो’, अध्यक्ष जोशीले भने, ‘शववाहन पाएकोमा खुसी छौँ, अब दीनदुःखीहरुको सेवा गर्छौँ ।’ सुदूरपश्चिम प्रदेश सरकारले तत्कालीन महाकाली अञ्चल अस्पताललाई प्रादेशिक बनाउने निहुँ बनाएर महाकाली अस्पताल नामकरण गरिदिएपछि जनस्तरमा आलोचना हुने गरेको छ । अध्यक्ष जोशीले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउन दबाब दिँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया