Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक सय २२ चिनियाँ नागरिक पक्राउ

एक सय २२ चिनियाँ नागरिक पक्राउ


काठमाडौं, पुस ८
प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा १ सय २२ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । साइबर ह्याकिङसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको गोप्य सूचनाको आधारमा उपत्यकाका विभिन्न स्थानबाट ती व्यक्तिहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख सहकुुल थापाले जानकारी दिएका छन् ।

थापाका अनुुसार उक्त गिरोहले शंकास्पद गतिविधि सञ्चालन गरिरहेको सूचना प्रहरीले पाएसँगै सोमबार अपराह्नदेखि सर्च अपरेसन सुरु गरिएको थियो । अपरेसनपश्चात् १ सय २२ जना चिनियाँ नागरिकहरु पक्राउ परेका हुुन् । उनीहरुलाई उपत्यकाको मनमैजुु, बाँसबारी, बूढानीलकण्ठलगायतका क्षेत्रबाट पक्राउ गरेको थापाले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौं, केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी) र अपराध महाशाखा समेतको संयुुक्त टोलीले शंकास्पद गतिविधिमा संलग्न चिनियाँको खोजी गरेको थियो । पक्राउ परेका सबै व्यक्तिहरुलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा राखी अनुसन्धान भइरहेको अपराध महाशाखा प्रमुुख थापाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया