१४ केजी नक्कली ‘सुन’ प्रकरणमा संलग्न अन्सारी पक्राउ
उमेश दुबे
बारा, साउन ३०
काठमाडौँको सुन्धारामा प्रहरीले पिछा गरे पनि ‘सुन’ र पेस्तोलको झोला फालेर फरार भएका इल्ताफ हुसेन अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोली प्रमुख प्रहरी निरीक्षक रविभूषण यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको निजगढबाट पक्राउ गर्न सफल भएको हो ।
गत साउन १३ गते सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला फालेर भागेपछि अन्सरीलाई प्रहरीले खोजबीन गरिरहेको र क्राइम टोलीको अथक प्रयासपछि निजगढबाट पक्राउ गर्न सफल भएको छ । विशेष सूचना आउनसाथ पर्सा जिल्लाबाट खटिएको प्रहरी टोलीले बाराको निजगढमा लुकिछिपी बस्दै आएका इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । सुनधारा नजिकै प्रहरीको चेकिङ टोलीले स्कार्पियो रोक्न खोज्दा नरोकेपछि प्रहरीले पिछा गरेको थियो तर स्कार्पियोबाट झोला फाली फरार भएका इल्ताफ हुसेन अन्सारीलाई खोजबीन गर्दै जाँदा क्राइम टोलीले नियन्त्रणमा लिन सफल भएको छ ।
फालेर भागेको झोलाबाट साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुई थान पेस्तोल बरामद गरेको थियो । सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कार्पियो छाडेर इल्ताफ फरार भएका थिए । फरार भएका इल्ताफ भारतीय जाली नोटको कारोबारी समेत रहेको प्रहरी अनुसन्धानबाट प्रस्ट भएको प्रहरी स्रोतको दाबी रहेको छ ।
पर्सा प्रहरीले पक्राउ गरेको अन्सारीलाई बारा प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको र उनलाई काठमाडौँ पठाउने पर्सा प्रहरीले जनाएको छ । विगतका दिनमा अन्सारी भारतीय जाली नोटको कारोबारमा सक्रिय रहे पनि हालको समयमा सुनको तस्करीमा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको स्रोतको दाबी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया