इजी ट्याक्सी र माछापुच्छ्रे बैंकबीच व्यावसायिक सम्झौता
काठमाडौं, साउन ३०
इजि एस्योरेन्स प्रा. लि.अन्तर्गतको इजी ट्याक्सीले माछापुच्छ्रे बैंकसँग व्यावसायिक सम्झौता गरेको छ । विद्युतीय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजि एस्योरेन्स प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरे ।
सो सम्झौतापछि इजि ट्याक्सी अन्तर्गत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम माछापुच्छ्रे बैंकको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेको बेलामा इजि ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजि एस्योरेन्स प्रा. लि.ले प्रविधि मैत्री ट्याक्सी सेवा प्रदान गर्दै आईरहेको छ ।
सम्झौतापछि बोल्दै इजि ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने बताए । ‘हामीले इजि ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिईरहेको बेलामा रकम भुक्तानीमा समस्या भईरहेको थियो । अब सो समस्या समाधान भएको छ । आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुनेछ,’ प्रबन्ध निर्देशक सन्जित पौडेलले भने ।
मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्धेश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनिकरण गर्न तथा ग्राहकहरुलाई बिद्युतिय कारोबारमा प्रोत्साहित गर्नका लागि इजि ट्याक्सी र बैंकबिच सम्झौता भएको हो । जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ्ग एपको माध्यमबाट क्युआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्नेछन् । पछिल्लो दिनमा क्युआर कोर्डमार्फत रकम भुक्तानी निकै सजिलो र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गएको छ ।
रकम भुक्तानीका लागि प्रापकको खाता नम्वर, नाम लगायतका विवरण लिखित रुपमा लिइरहनुपर्ने झन्झट नहुने र कुनैपनि क्युआर कोड एकआपसमा नमिल्ने भएकाले पनि क्युआर कोड अहिले ग्राहकको पहिलो रोजाईमा परेको छ । इजि ट्याक्सी नेपाल एपले ट्याक्सी व्यवसायलाई मर्यादित, व्यवस्थित, जिम्मेवार र सुरक्षित बनाउनका लागि विभिन्न ट्याक्सी कम्पनीहरु, सरोकारबाला निकायहरु, ट्याक्सी स्वरोजगार व्यवसायीहरुसँग मिलेर काम गर्दै आईरहेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- लगानीको वातावरण बनेको सन्देश दिँदै सकियो सम्मेलन
- विकास बैंकहरूको वितरणयोग्य नाफा खुम्चियो
- विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रमको जोड
- उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
- लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको चेतावनी
- ‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’
- इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया