आयातनिर्यात हुने वस्तुमा विद्युतीय सिलबन्दी प्रयोग गर्दै बंगलादेश
ढाका, पुस १०
बंगलादेशले बन्दरगाह हुँदै आयात तथा निर्यात हुने वस्तुमा विद्युतीय सिलबन्दी प्रयोग गर्ने तयारी गरेको छ । बंगलादेशको राजस्व प्राधिकरणले अनिवार्य रुपमा विद्युतीय सिलबन्दी प्रयोगको व्यवस्था गर्न लागेको हो । द डेली स्टार अनलाइनका अनुसार सन् २०१७ मै नेशनल बोर्ड अर्फ रेभेन्यु (एनबीआर)ले विद्युतीय सिल तथा लकसम्बन्धी नियम ल्याएको थियो । तर उक्त नियमको कारण लागत खर्च बढ्ने भन्दै व्यापक विरोध भएपछि लागू हुनसकेको थिएन ।
एनबीआरले उक्त नियम लागू गर्न व्यवसायीहरुसँग छलफल गर्ने भएको छ । बंगलादेशका सबै भन्सार अधिकारीका लागि आगामी मार्च १ देखि नयाँ पोशाक अनिवार्य गरिएको पनि एनबीआरले जनाएको छ । उक्त नयाँ प्रणाली स्थानीय व्यवसायीले भारत, नेपाल र भुटानमा आयातनिर्यात गर्दा प्रयोग गर्नुपर्ने बताइएको छ । उक्त प्रणाली चटगाउँ र मंगोला बन्दरगाहबाट आयात निर्यात हुँदा लागू हुने पनि उल्लेख गरिएको छ । यसका लागि एनबीआरले आयातनिर्यात वस्तुको परीक्षण बढाउन थप स्क्यानर समेत खरिद गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया