सडक शुल्कको विरोधमा सवारी व्यवसायी आन्दोलित
धन बहादुर जप्रेल
कञ्चनपुर ।
सडक सेवा शुल्कको विरोधमा कृष्णपुर नगरपालिकाका यातायात व्यवसायीहरुले आइतबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी आन्दोलन गरेका छन् । सडकमा सवारी साधन गुडाएबापत नगरपालिका कार्यालयले महंगो कर लिनथालेको भन्दै नेपाली कांग्रेसको अगुवाइमा यातयात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले सडक सेवाशुल्क कर उठाउन १० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
नगरपालिकाले दोहोरो कर लिनथालेपछि आन्दोलनमा उत्रिनु परेको सवारीधनीहरुको भनाइ रहेको छ । ट्रक, ट्याक्टर, अटो रिक्सा, जिपलगायतका सवारी र ढुवानीका साधनबाट ठेकेदारले रकम असुल्नथालेपछि सवारीधनीहरु आन्दोलनमा उत्रिएका हुन् । ठेकेदारले नगरपालिकाभित्रका सडकमा गुडने सवारी र ढुवानीका साधनबाट ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्म असुल्नथालेका छन् ।
स्थानीय सवारीधनीहरुले ठेकेदारमार्फत नगरपालिकाले चर्को शुल्क लगाएकाले त्यसका विरुद्ध आन्दोलन गरिएको बताए । नगरपालिकाले सवारीसाधनबाट शुल्क असुल्ने नीतिमा परिवर्तन नगरे आन्दोलन जारी रहने हरि बहादुर गैरालले बताए । गैरालको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरिएको छ । कृषि प्रयोजनका सवारी गुडाएबापत नगरपालिकाले लिने करविरुद्ध दबाब दिन संघर्ष समिति गठन गरिएको छ ।
गत शुक्रबार समेत सवारीधनीहरुले सवारीका साधन लगेर नगरपालिका कार्यालय घेराउ गरी सडक करको विरोध गरेका थिए । नगर प्रमुख कर्ण बहादुर हमालले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले सडक सेवा शुल्कका लागि ठेक्का सम्झौता गरिएको बताए । वार्ताबाटै समस्या समाधान हुने भएकाले यसका लागि नगरपालिकाका तर्फबाट आह्वान गरिएको उनले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया