काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन सात दशमलव २१ अंकले ओरालो लागेको बजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार तीन दशमलव १९ अंकले ओरालो लागेर १५ सय ५० दशमलव ४३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६४ अंकले ओरालो लागेर तीन सय सात दशमलव १७ अंकमा झरेको छ ।
यसदिन कुल एक सय ९० कम्पनीहरूको कारोबार भएका छन् । ती कम्पनीहरूको ३६ हजार दुई सय ८२ पटकको कारोबारमा ८० लाख १९ हजार छ सय ६१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९४ रुपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार चारवटा समूहको सूचक उकालो लागेका छन् भने आठवटा समूहको सूचक ओरालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव १७ अंकले ओरालो लागेर १२ सय ३९ दशमलव ६१ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ५१ दशमलव ५५ अंकले ओरालो लागेर सात हजार सात सय ११ दशमलव ६३ अंकमा झरेको छ ।
यसैगरी लघुुवित्त समूहको सूचक छ पनि छ दशमलव ८७ अंकले ओरालो लागेर दुुई हजार पाँच सय ३६ दशमलव चार अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ३५ दशमलव सात अंकले ओरालो लागेर नौ हजार चार सय ८१ दशमलव ८० अंकमा झरेको छ ।
यीबाहेक ट्रेडिङ, होटल, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः ११ दशमलव नौ, १५, सात दशमलव २२ र दुई दशमलव ७६ अंकले ओरालो लागेका छन् । विकास बैंक समूहको सूचक भने यसदिन ३४ दशमलव ५४ अंकले उकालो लागेर १८ सय ८१ दशमलव ४१ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि आठ दशमलव सात अंकले उकालो लागेर १३ सय १७ दशमलव १३ अंकमा चढेको छ । यीबाहेक फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव एक र शून्य दशमलव १३ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा परेको कामना सेवा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ८७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर एक सय २१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, कर्णाली विकास बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा परेको नेपाल फाइनान्सको सेयर मूल्य छ दशमलव ८७ प्रतिशतले घटेर दुुई सय ४४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्य तीन दशमलव २४ प्रतिशतले घटेर एक सय ७९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक पाँचथर पावर कम्पनी, युनाइटेड फाइनान्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ५१ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड २४ लाख ३५ हजार एक सय ३६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको दुई सय ४३ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ७८ लाख ६३ हजार दुुई सय ७० रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक अपी पावर लिमिटेड, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवा
- सरकारले जेठ एक गते नीति तथा कार्यक्रम ल्याउने
- भाइरल गायिका अन्जु विश्वकर्माको स्वरमा रहेको ‘यो जिन्दगीको’ गीत सार्वजनिक
- माछापुच्छ्रे बैंक सिम्ले शाखाद्धारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
- महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न
- मौद्रिक नीति र बजेटको तालमेल हुने बजेट ल्याउनु पर्छ : अध्यक्ष ढकाल
- विद्युतीय गाडीको भन्सार बढाएर गरिबलाई निःशुल्क ‘इन्डक्शन’ चुलो बाढौं : अर्थविद गौचन
- विद्यालय शिक्षा र उच्च शिक्षाबीच रहेको ठूलो खाडल अन्त्य गरिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया