Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार१९ वर्षदेखि निरन्तर नाफामा रहेको भारतको यो बैंक

१९ वर्षदेखि निरन्तर नाफामा रहेको भारतको यो बैंक


नयाँ दिल्ली, पुस १३
भारतको एउटा ग्रामीण बैंक विगत १९ वर्षदेखि निरन्तर मुनाफामा रहेको पाइएको छ । त्रिपुरा ग्रामीण बैंक (टीजीबी)ले यस्तो सफलता पाएको नवभारत टाइम्सले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा बैंकले ४४ करोडको खुद मुनाफा आर्जन गरेको छ । योसँगै बैंकले आव २०१९/०२० मा कुल १० हजार करोड भारुको व्यापार पार गर्ने अनुमान गरिएको छ । उक्त बैंकका एक अधिकारीका अनुसार भारतको ४५ क्षेत्रीय ग्रामीण बैंक (आरआरबी)मा टीजीबीले १९ वर्षदेखि मुनाफा कमाउन सफल देखिएको हो । यसका अध्यक्ष महेन्द्र मोहन गोस्वामी हु । सन् २००१/००२ देखि नै मुनाफा लिन सफल भएको छ । यो भारतको ४५ आरआरबीका बीच आफ्नै किसिमको बैंक हो ।

बैंकले चालू आर्थिक वर्षको अप्रिल–सेप्टेम्बर अवधिमा ४४ करोड ४३ लाख मुनाफा आर्जन गरेको छ । गत आवको सोही समयमा बैंकले ११ करोड ३६ लाख मात्रै आर्जन गरेको थियो । भारतमा ५६ आरआरबी रहेकामा कतिपय बैंकहरु मर्जरमा गइसकेका छन् । गत वर्ष बैंकले १ अर्ब २५ करोडको खुद मुनाफा कमाएको थियो । सन् १९७६ मा अस्तित्वमा आएको यो बैंकको गत वर्षको मुनाफा अहिलेसम्मकै धेरै हो । बैंकले उक्त वर्ष ९० अर्ब भारुको कारोबार पनि पार गरेको थियो ।

हाल यो बैंकमा १२ वटा साना शाखासहित कुल १ सय ६० शाखाहरु रहेका छन् । बैंकको चुक्ता पुँजीमा ८.९४ प्रतिशतले वृद्धि भएको छ । त्यसयता ३० सेप्टेम्बरसम्म बैंकको लाभ ६६ अर्ब १७ करोड भारुसम्म पुगेको छ । पछिल्लो वर्षको सोही अवधिसम्म ६० अर्ब ७३ करोड भारु थियो । भारतमा बीजेपी शासनको २० महिनामा यो बैंकमा राष्ट्रियकृत बैंकको क्रेडिट डिपोजिट अनुपात १८ प्रतिशतले बढेर ६६ प्रतिशत पुगेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया