फलामे खाली सिलिन्डरको मूल्य दुई हजार एक सय
काठमाडौं ।
खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिन्डरको मूल्य दुई हजार एक सय रूपैयाँ कायम गरिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले सिलिन्डरको मूल्यमा एकरूपता ल्याउन नयाँ मूल्य तोकेको हो । दुर्गमका क्षेत्रबाहेकका जिल्लामा बुधबारबाट नै लागू हुनेगरी ग्यास सिलिन्डरको मूल्य तोकिएको हो ।
यसअघि संघले ग्यास बिक्रेताले फरक/फरक मूल्यमा खाली सिलिन्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिन्डरको मूल्य तोकेको थियो । तर बुधबारबाट लागू हुनेगरी दुर्गमका क्षेत्रबाहेकका जिल्लाका लागि खाली सिलिन्डरको मूल्य लागू गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
उनका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिए पनि ग्यासका डिलर अनुसार मूल्य फरक/फरक रहेपछि मूल्य तोकिएको हो । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने संघले जनाएको छ । संघले सिलिन्डर खरिद गर्दा अनिवार्यरूपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर)मार्फत लिन समेत अुनरोध गरेको छ । रसिद नलिएका सिलिन्डरको जवाफदेही तथा दायित्व उद्योगले नलिने समेत जनाएको छ ।
संघले तोकेको नयाँ मूल्यअुनसार एक सय रूपैयाँ बिक्रेताका लागि छुट्याइएको हो । संघले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिन्डर साट्नु गैरकानुनी भएको भन्दै साटेको थाहा भएमा कारबाही गर्ने जनाएको छ । उद्योग तथा बिक्रेताले खाली सिलिन्डरको मूल्य तीन हजार पाँच सयसम्म लिने गरेका थिए । तर अब सबै उद्योगका सिलिन्डरको मूल्य दुई हजार एक सय लागू भएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया