कोभिड १९ को संक्रमणका कारण यात्रा प्रतिबन्ध कायमै
रियाद ।
साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि यसअघि देखि लगाइएको प्रतिबन्धलाई कायमै राखेको जनाएको छ ।कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले दुई हप्ता अघिदेखि सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको थियो ।
उक्त यात्रा प्रतिबन्ध निर्देशिकामा हालका लागि लगाइएको र त्यसलाई निरन्तरता दिइएको छ । तर त्यो प्रतिबन्ध कहिलेसम्म जारी राख्ने भन्ने बारेमा भने केही बताइएको छैन । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरवका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ ।
तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन । पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ । साउदी अरबमा तीन लाखभन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका बताइएको छ । यहाँ पछिल्ला दिनहरुमा पनि ठूलो संख्यामा सङ्ंक्रमितहरु देखिन थालेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया