डाइसनले नयाँ प्रविधिमा साढे तीन अर्ब डलर खर्चिने
लन्डन ।
डाइसनले नयाँ प्रविधि र उत्पादनहरुमा आगामी पाँच वर्षमा साढे तीन अर्ब डलरभन्दा बढी खर्च गर्ने भएको छ । यो थप रकम हो । यो लगानीले कम्पनीलाई आफूले बेच्ने उत्पादन दोब्बर बनाउने क्षमता मिल्नेछ भने नयाँ क्षेत्रमा विस्तारित हुन सघाउ पुग्नेछ । उक्त लगानी सिंगापुर, बेलायत, फिलिपिन्स र उदाउँदा प्रविधिमा केन्द्रित हुनेछ । सन् २०१९ मै कम्पनीले सिंगापुरमा आफ्नो मुख्यालय स्थापना गर्ने घोषणा गरेको थियो ।
डाइसन भ्याकुम क्लिनर उत्पादनका लागि प्रसिद्ध कम्पनी होा । यसले हावा शुद्धीकरण तथा कपाल सुकाउने (हेयर ड्रायर) मेसिन पनि उत्पादन गर्छ । नयाँ लगानी इन्जिनियर र वैज्ञानिकहरुमा खर्च हुनेछ । यसको मतलब सफ्टवेयर, मेसिन र रोबोटिक्सलाई कम्पनीले ध्यान दिएको छ । त्यस्तै कम्पनीले अनुसन्धानमा पनि खर्च गर्ने बताएको छ । यसमा रोबोटिक्स, नयाँ पुस्ताको मोटर प्रविधि, बौद्धिक प्रविधिजन्य उत्पादन, मेसिन र कनेक्टिभिटी पर्ने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया