सिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति
काठमाडौं ।
भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित विश्वप्रसिद्ध म्याक ल्युब्रिकेन्ट्स र नेपालका लागि म्याक ल्युब्रिकेन्ट्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त परियोजनामा, नेपालको पर्यटकीय स्थल पोखराको केन्द्रविन्दु राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति गरिएको छ । म्याक सर्भको उद्घाटन भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड ल्युब्सका कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्युब्सका डेपुटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्विलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण केसीको उपस्थितिमा भएको हो ।
म्याक सर्भमा ग्राहकहरूले अत्याधुनिक उपकरणहरूबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन् । जहाँ म्याक ल्युब्रिकेन्ट्सको प्रयोग गरी मोटरसाइकल तथा स्कुटरहरूको सर्भिसिङ सेवा प्रदान गरिनेछ । वर्कशपमा ग्राहकहरूले कुनै पनि ब्राण्डको मोटरसाइकल तथा स्कुटरहरूको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन् । यस वर्कशपले विभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरू पनि उपलब्ध गराउँदै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया