नेचासल्यान गाउँपालिकाभित्र नयाँ भाडादर निर्धारण
सोलुखुम्बु ।
नेचासल्यान गाउँपालिकाले नयाँ सवारी भाडादर निर्धारण गरेको छ । गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोला, यातायात व्यवसायी संघका प्रतिनिधि र प्रहरी प्रशासनका प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको बैठकले नयाँ भाडादर निर्धारण गरेको हो । यो भाडादर वैज्ञानिक समेत रहेको बताइएको छ । गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ३ का वडाअध्यक्ष धर्मध्वज खत्रीले दिएको जानकारी अनुसार नागरिकको गुनासोपछि गाउँपालिकाले छलफल अघि बढाएको हो ।
व्यवसायीले मनोमानी भाडा लिने, क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको जस्ता गैह्रकानुनी कार्य गरेको गुनासोपछि गाउँपालिकाले बैठकको आयोजना गरेको र सो बैठकबाट नयाँ भाडादर निर्धारण गरिएको हो । छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधानले अबदेखि नयाँ भाडामा यात्रु ओसापसार गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
बैठकले नेचाबिहीबारे बजारदेखि काठमाडौंसम्मका लागि एक हजार सात सय रूपैयाँ भाडादर कायम गरेको छ । यस्तै, नेचाबिहीबारे र सल्यानदेखि इटहरीसम्मका लागि भने एक हजार आठ सय रूपैयाँ, नेचाबिहीबारेदेखि कटारीसम्मका लागि एक हजार दुई सय ५० रूपैयाँ भाडादर निर्धारण गरिएको प्रवक्ता खत्रीले बताए ।
साथै गाउँपालिकादेखि ओखलढुंगासम्मका लागि भने छ सय रूपैयाँ भाडा निर्धारण गरिएको छ । गाउँपालिकाले दिएको जानकारीअनुसार नेचाबिहीबारेदेखि जिल्ला सदरमुकाम सल्लेरीसम्मका लागि पाँच सय रूपैयाँ, तिङ्ला रमितेसम्म चार सय रूपैयाँ, चुर्पुसम्म एक सय ५० रूपैयाँ, बासपुरासम्म तीन सय रूपैयाँ, दाल्दुखोलासम्म दुई सय रूपैयाँ, फेदी जेरोप्वाइन्टसम्म एक सय ५० रूपैयाँ नयाँ भाडादर कायम गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया